युवा संघको इलामको अध्यक्षमा मोहन

शनिबार, ११ चैत्र २०७९
इलाम । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघको इलाम जिल्ला अध्यक्षमा मोहन दोर्जे कागते निर्वाचत भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट ५९ सदस्य राष्ट्रिय युवा संघ जिल्ला कमिटी निर्माण गरिएको छ । उपाध्यक्षमा भीम मादेन, सचिवमा पुरण राई, सहसचिवमा शिव कार्की, सुधीर तामाङ र कोषाध्यक्षमा सोफिया आङ्दाम्बे चयन भए । ५९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको संघले जनाएको छ । एमाले पोलिटव्यूरो सदस्य तथा युवा इञ्चार्ज महेश बस्नेतको प्रमुख अतिथ्य रहेको कार्यक्रममा एमाले इलामका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का संघीय सासंद महेश बस्नेत, नेकपा एमाले केन्द्रिय सदस्य राम राना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार