नेपाली कांग्रेसले दाबी गर्यो ८ मन्त्रालय

शनिबार, ११ चैत्र २०७९
काठमाडौं । सरकारमा सहभागी हुन नेपाली कांग्रेसले ८ वटा मन्त्रालय दाबी गर्ने भएको छ। शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा यसबारे ब्रिफिङ गरिएको हो। उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको जानकारी गराएका थिए। कांग्रेस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ गरिएको थियो। गठबन्धनभित्र कांग्रेसले ७ वटामात्र मन्त्रालय पाउने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने खडकाले बताए। सत्ताको नेतृत्व गरेको माओवादीले सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने बताउँदा दलहरु आन्तरिक छलफलमा जुटेका छन्। उपचुनावका लागि उम्मेदवार टुंगाउन कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक सोमबार बोलाउने भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार