नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नुपर्छ : राणा

आइतबार, १२ चैत्र २०७९
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाल तरुण दल र नेपाल विद्यार्थी संघलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका छन्। शनिबार काभ्रेमा आयोजित बृहत तरुण दल भेलालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष समेत रहेका राणाले पछिल्लो समयमा नयाँ पुस्ताका युवालाई कांग्रेसमा आकर्षण गर्न तरुण दल र नेविसंघलाई क्रियाशील बनाउनुपर्ने बताए । उनले भने, ‘नयाँ पुस्ताका युवाले नयाँ पार्टीमा भोट हालेर गरेको गल्तीबाट पाठ सिकेर आफ्नो पार्टीमै फर्काउने परिस्थिति निर्माण गर्नका लागि तरुण दल र नेविसङ्घलाई भूमिका खेल्न आग्रह गर्दछु।’ तरुण दल, महिला सङ्घ र नेविसङ्घलाई छिट्टै पूर्णता दिनका लागि पार्टीले सोच्नुपर्ने उनको भनाइ छ । निर्वाचन सकिएको चार महिना बितिसक्दासमेत अहिले पनि सरकार बनाउनेतर्फ नै केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए । अब पार्टीले त्यसलाई छिट्टै टुङ्ग्याएर पार्टी सङ्गठन निर्माणमा केन्द्रित हुन पार्टी नेतृत्वले सोच्न आवश्यक रहेको नेता राणाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार