'मन्त्रीबिना बाँच्नै नसक्नेका लागि बारा २ मा तत्कालै उपचुनाव'

आइतबार, १२ चैत्र २०७९
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा वैशाख १० गते उपचुनाव गर्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्। जनता समाजवादी पार्टीसँग प्रतिस्पर्धात्मक सम्बन्धमा रहेका राउतले अध्यक्ष उपेन्द्र यादवमाथि कटाक्ष गरेका हुन्। सप्तरी २ मा राउतसँग चुनाव हारेका यादव बारा २ को उपचुनावबाट संसद छिर्ने योजनामा छन्। बारा २ बाट निर्वाचित रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपेन्द्रका लागि बाटो खुलेको हो। वैशाख १० मा चुनाव गर्ने आयोगको निर्णय टिप्पणी गर्दै राउतले संसदमा भने, ‘बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा पढ्न पाएको छैन। उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसक्यो यही रफ्तारमा अरु काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो जस्तो लाग्छ । कसैलाई चाहिँ तीनरचार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन।’ राउतले यस्तो निर्णयले आयोगको विश्वासनियतामाथि नै प्रश्न उठेको टिप्पणी गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार