काठमाडौं : प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत चयन भएकी छन् ।
नवौं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । खुला उपाध्यक्षमा शशोक पौडेल र समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चयन भएका छन् ।
यसैगरी सचिवमा नवराज भट्टराई, खुला सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पूण्यप्रसाद अधिकारी चयन भए ।
यसैगरी सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कुलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई चयन भएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको उद्घाटन गरेका थिए भने प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायत सहभागी थिए ।
प्रतिक्रिया