काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सबै सहिदप्रति श्रद्धा सुमन व्यक्त गरेकी छन् ।
सहिद दिवसको अवसरमा आज सामाजिक सञ्जाल मार्फत पूर्व राष्ट्रपति भण्डारीले श्रद्धा सुमन व्यक्त गरेकी हुन् ।
उनले लेखेकी छन् , “सम्पूर्ण ज्ञात र अज्ञात महान् सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । सहिदहरूको बलिदानलाई कदर गर्दै उहाँहरूको सपना साकार पार्न सम्पूर्ण राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज लगायत सम्बद्ध सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु” भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।
प्रतिक्रिया