एनपिएल : पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने

शुक्रबार, ०५ मंसिर २०८२

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो। पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार