भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुलाई घण्टौँ कुर्नुपर्ने बाध्यता

बुधबार, १६ माघ २०८१
काठमाडौँ । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन् बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०-१५ मिटर भन्दा टाढा केही देखिँदैन । सडक, बजार सुनसान बनेको छ । हुस्सुले सबैभन्दा बढी समस्या विमानस्थलमा यात्रुहरूले खेप्नु परेको छ । जनकपुरधाम बिमानस्थलमा भिजिबिलिटी कम हुनाले न त विमान अवतरण नै गर्न सकेको छ न त उड्न नै । दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ । त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन । विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन् । चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमान्डु जान बिमानस्थलमा पर्खिरहेका हरि प्रसाद बक्तेल बताए । विमान उड्न १ हजार मिटर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिएका छन् । दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले उडान हुने गरेको उनले जानकारी दिए । अहिले दैनिक ४० प्रतिशत उडान कम भएको उनले बताए । अबको दुई-तीन दिन पछि मौसम सुधार हुने सूचना अधिकारी यादवले जनाए । हुनु त कम भिजिबिलिटीमा पनि विमान उड्न र अवतरण गर्न सक्छ तर त्यसका लागि आधुनिक उपकरण जडान गर्नुपर्ने हुन्छ । यस किसिमको आधुनिक प्रविधि जडान गर्न खर्च बढी लाग्ने र त्यसको वसुलउपर गर्न टिकट दरसमेत बढ्न जान्छ । हाल यस किसिमको प्रविधि भैरहवा विमानस्थलमामा रहेको देखिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार