डोल्पा : डोल्पाको मुड्केचुला–४ को इल गाउँस्थित एक घरमा आज बिहान आगलागी हुँदा ७५ वर्षीया बादी सार्कीको सुतेको अवस्थामा ज्यान गएको छ।
वृद्धावस्था र शारीरिक अशक्तताका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्बल जल्दा आगलागी भई सार्कीको निधन भएको हो।
मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्ण रूपमा क्षति भएको छ। मृतक सार्कीका ज्वाइँ र छोरी खेतमा गएका वेला घरमा आगलागी भएको थियो।
आगलागीपछि इलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशु चौपायाको उद्धार गरेको वडाध्यक्ष बुढाले बताए।
आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ। वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे।
प्रतिक्रिया