सुनसरीमा ३९ किलो गाँजासहित एक महिला पक्राउ

बुधबार, १६ माघ २०८१
सुनसरी : सुनसरी प्रहरीले ३९ किलो बढी लागुऔषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले माघ १५ गते दिउँसो देवानगंज गाउँपालिका–३ मा छापा मारेको थियो। खानतलासीका क्रममा ४० वर्षीय अर्बिन कुमार यादवको घरको कम्पाउन्डमा खाल्टो खनेर ड्रमभित्र प्लास्टिकमा प्याक गरी तथा घरभित्र जेब्रा झोलामा लुकाइ राखिएको अवस्थामा ३९ किलो २९० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट यादवकी ३५ वर्षीया श्रीमती सोनी कुमारी यादवलाई नियन्त्रणमा लिइएको  छ। प्रहरीका अनुसार पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको  छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार