गोरखा : गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए ।
प्रमुख शालिण्यका अनुसार अर्को एउटा बच्चा भने जीवितै भेटिएको छ । चितुवाको मृत्युका कारण खुल्न नसकेको उनले बताए ।
स्थानीयले बारीमा मृत चितुवा देखेपछि तत्काल वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयको टोलीले चितुवाको मृत्युका कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया