सुनसरीको कोशी गाउँपालिकाबाट ४६ केजी गाँजा बरामद

शुक्रबार, २५ माघ २०८१
सुनसरी :  सुनसरीको कोशी गाउँपालिका - ३ जमुवा स्थित नेपाल-भारत सीमा क्षेत्रबाट ४६ केजी गाँजा बरामद भएको छ। प्रहरीका अनुसार बिहीबार राति करिब १० बजे उक्त क्षेत्रको बोर्डर नजिकै शङ्का लाग्दा २ जना व्यक्तिहरूलाई निगरानी गरिएको थियो। ती व्यक्तिहरू टाउकोमा बोरा बोकेर नेपालबाट भारततर्फ पैदल हिँडिरहेका देखिएपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई रोक्न खोजेका थिए। तर, प्रहरीले रोकेपछि ती व्यक्ति बोरा फालेर अध्यारोको मौका छोपी भाग्न सफल भएका छन्। प्रहरी टोलीले उक्त बोरा नियन्त्रणमा लिएर खोली हेर्दा ४६ केजी ५६० ग्राम गाँजा फेला परेको छ। प्रारम्भिक अनुसन्धानपछि लागू औषध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र थप अनुसन्धान कार्य अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार