गरिमा विकास बैंक बनियानी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शुक्रबार, २५ माघ २०८१
इटहरी । वित्तीय ज्ञान अभिवृद्धि गर्दै समाजका विभिन्न वर्गलाई वित्तीय प्रणालीमा संलग्न गराउने उद्देश्यले गरिमा विकास बैंकले निरन्तर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा, बैंकको बनियानी शाखाले बुधबार कचनकवल गाउँपालिका ६ स्थित कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि विशेष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शाखा प्रमुख कृष्ण मरासिनीको अध्यक्षता तथा सहजिकरणमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र पाण्डे विशेष अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन गरिमा विकास बैंक, बनियानी शाखाका अपरेसन इन्चार्ज नरेश राजवशीले गरेका थिए। उक्त कार्यक्रममा विद्यालयका १२० जना विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। बालबालिकाहरूलाई वित्तीय अनुशासन सिकाउँदै भविष्यका लागि बचत गर्ने बानी बसाल्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा विद्यार्थीहरुले जानकारी लिएको विश्वास गरिमा विकास बैंकले लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार