गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

शुक्रबार, २५ माघ २०८१
काठमाडौँ : कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा हिजो बेलुका आमा मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिए । दुई जनाको शव घरमै भेटिएको हो । मिराका श्रीमान् रोजगारीका लागि भारतमा रहेका र घटनाका बेला सासू आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार