धरान । आजबाट सञ्चालन हुने बिजनेश एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरू उपभोक्ताका लागि राखिने भएको छ । एक्स्पोमा नेपालमै प्रख्याति कमाएका पाँच ब्रान्डका जुत्ताहरू राखिनेछन् ।
धरान रंगशालामा शनिवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पोमा न्यूनतम ३ सयदेखि अधिकतम ५ हजारसम्म मूल्यका जुत्ताहरू राखिने फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।
बिक्री गरिने जुत्ताहरूमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले बताए ।
'हामी नाफा कमाउने भन्दा पनि उपभोक्ताहरूसँग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम्म उपभोक्ताहरूको सन्तुष्टिलाई ध्यान दिन्छौँ', श्रेष्ठले भने । एक्स्पोमा विएफ डियर हिल, विएफ स्पोर्टस, स्मार्ट सुज, फस्टवाक सुज, सुजल्याण्ड र रन सुज ब्रान्डका जुत्ताहरू रहने फुटवेयर एसोसिएसनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले बताए ।
घिमिरेले भने 'एक्स्पोमा रहेका २५ स्टल बराबरका अलग्गै स्थान तयार गरेर डिस्प्लेमा जुत्ताका ब्रान्डहरू प्रस्तुत गरी उपभोक्ताहरूलाई सहज बिक्री गरिन्छ ।'
अधिकांश कम्पनीहरू पुराना र स्थापित भएकाले कोशीका जनतामा कुनै गुनासो आउन नदिने गरी सेवा दिन्छौँ घिमिरेले भने ।
एक्स्पोमा बिक्रीका लागि ल्याइएका जुत्ताहरू स्कुलका बालबालिकाहरू, क्याजुयल, पार्टी सुज, स्पोर्टका बच्चादेखि वृद्धबृद्धासम्मका लागि ३ हजार प्रकारका जुत्ताहरू राखिने फुटवयर एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।
उपाध्यायले भने 'हामीले बिक्री गरेका उत्पादनहरूमा ५ महिनाको वारेन्टी, बिक्रीपछि सेवाहरू दिन्छौँ । जुत्ताको सोल भाँचिए अर्को सुल लगाइदिन्छौ । उपाध्यायले भने धरानलाई प्राथमिकता दिँदै सबै ब्रान्डका सञ्चालकहरू धरानमै छौँ हामी एक्स्पो मात्रै होइन त्यसपछिपनि धरान र कोशीलाई हाम्रो उत्पादनसङ जोडिरहन चाहान्छौं ।'
प्रतिक्रिया