जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

शनिबार, २६ माघ २०८१
रौतहट । बाराको जितपुर सिमराबाट बेपत्ता भएका बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–१ निवासी हन्श चौधरी नामक बालकको शव शनिवार दिउँसो भेटिएको हो । वीरगन्ज महानगरपालिका–३२ र जितपुर सिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । गत माघ १७ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित मामा घर आएका बालक खेल्ने क्रममा हराएका थिए । बालकको खोजीमा प्रहरी र स्थानीयहरू सँगै तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन् । यस घटनाको विषयमा आवश्यक अनुसन्धान भई रहेको उनले जानकारी दिएकी छिन । यस घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार