झापा : काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ६ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
६ महिनामा सबैभन्दा धेरै चिया ६ अर्ब ८२ करोड, अलैँची ६ चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको उनले जानकारी दिए ।
यस्तै, अदुवा २६ करोड १३ लाख, अम्लिसो ४९ करोड ७४ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी दुई करोड ६३ लाख मसुरो दाल एक रोड ५५ लाख मूल्यको निर्यात भएको छ ।
सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए।
आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।
क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार, चामल तीन करोड तीन लाख, ताजा तरकारी १८ करोड २३ लाख मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफूल २० करोड १८ लाख, लसुन रु ६१ करोड ७५ लाख, आलु २१ करोड ७४ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया