                             प्रति मस्तिष्क रोगद्वारा पीडित घिमिरेको जन्म २०३७ असार २१ धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी घिमिरेको बाल्यकाल कष्टकर बितेको थियो । तर, उनलाई साहित्यले नै उनको सफलताको बाटो कोर्यो ।
‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार समेत पाएकी छन् ।
किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरिन् । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित गरिन् ।
उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्ग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा सङ्ग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित छन् ।
प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको थियो । जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया