इलाम ः रुख ढाल्ने क्रममा रुखले किचेर इलाममा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो १:३० बजे इलाम देउमाई नगरपालिका – ५ बारुङमा सोही ठाउँ बस्ने थिर बहादुर कार्कीले आफ्नै बारीमा रहेको सिरिसको रुख पेट्रोलबाट चल्ने टेन्चो मेसिनले अन्दाजी २६ वर्षीय प्रेम लिम्बूलाई ढाल्न लगाएका थिए ।
सोही सिरिसको रुखले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो । सोही वडाका वडा अध्यक्ष तिलकबहादुर तामाङले जानकारी गराउनसाथ अस्थायी प्रहरी विट गजुरमुखी धामबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको राखिएको जानकारी प्राप्त भएको छ ।
अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट टोली गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया