सिमरा घटनामा महेश बस्नेतको टिप्पणी-जेन-जीको नाममा अराजक भिड उतारे

बुधबार, ०३ मंसिर २०८२

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले बाराको सिमरा जान अवरोध भएपछि सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनीसहित एमालेका महासचिव शंकर पोखरेल, जनवर्गीय संगठनका प्रमुख भानुभक्त ढकाललगायत आज सिमरा जाने तय भएको थियो।

उनीहरु बुद्ध एयरको जहाजमा बसेपछि उता सिमारामा जेनजीहरुले आन्दोलन गरेपछि एयरपोर्टमा तनाव पैदा भएको थियो। बुद्ध एयरले उडान रद्द गरेको छ। अहिलेसम्म पनि सिमराको अवस्था तनावग्रस्त छ। प्रशासनले कर्फ्यु लगएको छ।

उनले लेखेका छन्–

राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन-जेड’ को नाममा विभिन्न दल-आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।

सभा-सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ। हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार