लोकसेवाको सिमा तोक्न भन्दा कतिपटक मन्त्री, प्रधानमन्त्री बन्न पाउने भन्नेबारे छलफल गरौँ : सांसद ज्वाला

सोमबार, ०४ चैत्र २०८१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परिक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको बताएका हुन्। उनले भने, ‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानुनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ। कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत छ । ‘यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरुलाई अझ बढी खाडी र मलेसियारतिर धकेल्नु हो। सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिष्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो। त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ। राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौं।’उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार