नयाँ दलहरु विदेशी एजेण्डामा चलेका छन्ः केसी

शुक्रबार, २४ चैत्र २०७९
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ भनिएका दलबाट लोकतन्त्र र गणतन्त्र खतरामा रहेको बताएका छन्। शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै केसीले विदेशी शक्ति राष्ट्रको निर्देशन र एजेण्डामा नयाँ दलहरु चलेको आरोप लगाए। रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले विदेशी शक्तिको इशारामा चलेका दलहरुले जनतामा भ्रम छरिरहेको बताए। केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरु सच्चिएर आउनुपर्ने बताए। अध्यक्ष केसीले सरकारलाई समर्थन रहेपनि सरकारको न्युनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार