घाँस झार्ने क्रममा रूखबाट लडेर सङ्खुवासभामा एकको मृत्यु

शनिबार, ०९ चैत्र २०८१
विराटनगर : घाँस झार्ने क्रममा काभ्रोको रूखबाट लडेर सङ्खुवासभाको खाँदबारीमा शनिवार एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–१० हेलुवाका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी दक्ष कुमार बस्नेतले बताए । उनका अनुसार राई घाँस काट्नलाई घरनजिकको काभ्रोको रूपमा चढेका थिए । घाँस काट्ने क्रममा रुखबाट खसेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । उपचारकै क्रममा दिउँसो मृत्यु भएको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार