मधेशका मुख्यमन्त्री यादवलाई नीतिगत निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

मंगलबार, ०२ मंसिर २०८२
File Photo

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सरोज कुमार पोखरेलको इजलासले मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै मुद्दाको टुंगो नलागेसम्म यस्तो आदेश कायम रहने जनाएको छ।

नेपाल संविधानको धारा १६८(३) अनुसार गठन भएको भनिएको मन्त्रिपरिषद् र विश्वासको मतसँग सम्बन्धित प्रक्रियामा मूल्यमान्यता विपरीत कुनै कदम नचलाउन अदालतले निर्देश दिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। बर्दिबासको होटलमा शपथ गराएको घटनापछि उनी पदमुक्त भइसकेकी छन्। नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार