विराटनगरले दिएको विशाल लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्स

मंगलबार, ०२ मंसिर २०८२

इटहरी : लोकेश बम र मार्टिन गप्टिलको अर्धशतकले बलियो आधार तयार पारेपछि विराटनगर किंग्सले २२० रन बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको कठोर लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन जोड्यो। 

विराटनगरका ओपनर लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ७२ रनको उत्कृष्ट पारी खेले। न्युजिल्याण्डका स्टार मार्टिन गप्टिलले पनि ३५ बलमा ३ चौका र ५ छक्का सहित ६१ रन जोडे। दुवैबीच दोस्रो विकेटका लागि १३२ रनको विशाल साझेदारी रह्यो।
त्यस्तै शुभम रन्जानले १६ बलमा ३ चौका र २ छक्का मद्दतमा ३८ रन बनाए भने बसिर अहमदले १३ बलमा २३ रन जोडे।

बलिङतर्फ पोखराका म्याट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट हात पारे। 

अहिले पोखरा जवाफी व्याटिगंमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार