यो घटना मात्रै नभएर हरेक अपराधका घटनामा प्रहरीका लागि सिसिटिभी महत्त्वपूर्ण उपकरण हो । तर, लाखौँ खर्चिएर जडान गरिएका यस्ता महत्त्वपूर्ण उपकरण बिग्रिएर सञ्चालन नहुँदा प्रहरीलाई समस्या त भएको छ नै, यसको व्यवस्थापन गर्ने निकायमा समेत प्रश्न चिन्ह खडा भएको छ ।
इटहरी चौकको सिसिटिभीहरुको निगरानी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय आफैँले गरिरहेको अवस्था रहेको छ । क्यामेराको निगरानी गरिरहेको कार्यालयका एसपी विनोद घिमिरेले हावाहुरीका कारण केही क्यामेराहरूमा समस्या भएको बताए ।
‘क्यामेराको सन्दर्भमा सबै नचल्ने भन्ने होइन, अस्तिको हावाहुरीले केहीमा समस्या गरेको हो ।’ उनले प्रदेश खबरसँग भने ।
मुख्य चौकमै रहेका क्यामेरा कुनै पनि बाहानमा नचल्नु दुखद पक्ष रहेको यहाँका जानकारहरू बताउने गर्दछन् ।
नागरिक सुरक्षाका लागि भनेर लाखौँ खर्चिएका क्यामेरा कुनै पनि बहानामा नचल्नु आफैँमा दुखद छ । यसको मर्मत सम्भार तुरुन्त गरिनुपर्दछ ।
प्रतिक्रिया