चितवनमा कांग्रेसका जीतनारायणलाई विद्रोहीको साथ

शनिबार, २५ चैत्र २०७९
काठमाडौं । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू चितवनमा उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् । यसअघि विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेताहरू एकमत देखिएका हुन् । गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन् । चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताएका छन् । उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुन: कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपिल गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार