मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, कांग्रेसबाट कसलाई कुन मन्त्रालय ?

विहीबार, ३० चैत्र २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा सक्रिय रहेको बुझिएको छ । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम फाइनल भएकाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । नेताहरूका अनुसार जनता समाजवादीलाई दिएको एउटा मन्त्रालयबाहेक बिहीबार वा शुक्रबारनै कांग्रेसको भागमा परेको ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त गरिनेछ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर, आन्तरिक सहमति बिथाेलिएपछि कांग्रेसले चैत १७ गते ४ जना मात्र मन्त्री पठाएको थियो । शेखर –गगन समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका ४ जना नेतालाई मात्र मन्त्री बनाएका थिए । एक नेताका अनुसार कांग्रेसले थप एउटा मन्त्रालय लिएपछि सहमति भएको हो । अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री बन्ने छन् । गुरुङ वन मन्त्री, आचार्य खानेपानी मन्त्री बन्ने सम्भावना छ । साउद युवा तथा खेलकुद मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दावी गरेका छन् । डिगबहादुर लिम्बुलाई कानून भनिए पनि उनले यसमा रुचि देखाएका छैनन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार