शुल्क वृद्धि गर्ने इटहरीको फोहोर सङ्कलन गर्ने संस्थाको पत्र बायाँ, पछि इटहरी उपमहानगरपालिकाले शुल्क नबढाउन जारी गरेको सूचना दायाँ[/caption]
उपमहानगर भन्छ : कारबाही हुन्छ
यसबिचमा इटहरी उपमहानगरपालिकाले भने फोहोर मैलाका सन्दर्भमा आएको गुनासोलाई सम्बोधन गर्दै कार्यालयले तय गरेको फोहोर मैला सङ्कलन दस्तुर हेरफेर गरे÷गराइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
शुक्रवार एक विज्ञप्तिमार्फत भनिएको छ,‘२०७४ सालमा तय भएको फोहर मैला सङ्कलन दस्तुर बढाइएको जनगुनासो आएको हुँदा यसै उपमहानगरपालिकाको फोहोर मैला सङ्कलन तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको ऐन, २०७८ र यसै उपमहानगरपालिकाको विभिन्न मितिहरूमा भएको निर्णय बमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि विगतमा निर्धारित फोहर मैला दस्तुर तिर्न र दस्तुर बढाउने कार्य नगर्न नगराउन सर्वसाधारण सबैलाई जानकारी गराइन्छ ।’
इटहरी कसरी सफा हुन सक्छ ?
फोहोर मैलाको व्यवस्थापनको जिम्मेवारी पाइरहेको संस्थाका कार्यकारी अध्यक्ष कार्की स्वयं पनि फोहोर मैला व्यवस्थापनमा जस्तो नतिजा निस्कनुपर्ने त्यो प्राप्त नभइरहेको बताउँछन् । जसका लागि नागरिक आफैँ पनि सजक हुनुपर्ने कार्कीको भनाई छ ।
‘जथाभाबी फोहोर फाल्ने, डढाउने जस्ता कुराहरूले पनि इटहरीलाई फोहोर मैला व्यवस्थापनमा चुनौती भइरहेको छ । उनले भने, ‘यस्ता कुराहरूमा नागरिक चेतना फैल्याउन स्थानीय सरकार पनि लाग्नुपर्यो ।’
प्रतिक्रिया