मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी, नेकपा एसले माग्यो थप मन्त्रालय

शनिबार, ०२ बैशाख २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहितका नेतासँग समसामियक राजनीतिका विषयमा छलफल गरेका हुन् ।
‘प्रधानमन्त्रीले कांग्रेस र नेकपा एसका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘उपनिर्वाचनको तयारी, मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।’ अझै ६ मन्त्रालय रिक्त छन् । प्रधानमन्त्री प्रचण्डले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् । तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष सकिएको छ । आजै बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ । छलफलबाट कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र नेकपा एसबाट महासचिव घनश्याम भुसाल पनि सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार