इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोल पम्प नजिकै पूर्व–पश्चिम राजमार्गमा स्कारपियोले ठक्कर दिँदा एक साइकल यात्री गम्भीर घाइते भएका छन्।
सोमबार बिहान ५ः४० बजे कान्छी चोकबाट इटहरीतर्फ गइरहेको बा.प्र. ०१–२५च–००७० नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेका वराहक्षेत्र नगरपालिका–४, सुनसरीका ३८ वर्षीय श्रवण कुमार धामीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका धामीलाई लबिपुरस्थित सान्बी सिटी अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
स्कारपियो चालक ईश्वरपुर नगरपालिका–६, सर्लाहीका ५७ वर्षीय नवीन सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्कारपियो र साइकल दुवै इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया