महेश बस्नेतको दाबीः 'रवि लामिछानेले चुनाव हार्छन्'

शनिबार, ०२ बैशाख २०८०
काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन हार्ने दाबी गरेका छन्। लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो। शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए। नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको दाबी गरे। चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ। उनले, ‘चितवन–२ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कन्जम्सनका लागि गरिने कुराहरुबाट चितवन–२ मुक्त हुन्छ। त्यहाँ नेकपा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ। र, रविजी त्यसलाई पछ्याउनु हुन्छ। सम्भवतः हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौँ। उनले सम्भावना निकै बलियो छ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार