नेपाली काँग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने

शनिबार, ०२ बैशाख २०८०
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् । उपचुनावअघि साउद परराष्ट्र मन्त्री बन्ने भएको स्रोतले बतायो । उनले भोलि दिउँसो ३ बजे शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहे पनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार