कोशीको लगानी सम्मेलन : ४६ परियोजनामा १ खर्ब ५२ अर्बको लगानी सम्झौता(सूचिसहित)

शुक्रबार, १९ बैशाख २०८२

इटहरी : ४६ वटा परियोजनामा लगानी गर्ने सम्झौतामाका साथ कोशी प्रदेशमा पहिलोपटक आयोजित लगानी सम्मेलन सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने सम्मेलनको अन्तिम दिन विभिन्न लगानीकर्ताहरूले कुल १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ बराबरका योजनामा लगानी गर्ने सहमति जनाएका हुन् ।

कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार सम्झौता भएका परियोजनाहरू उद्योग, कृषि, पर्यटन, ऊर्जा तथा प्रविधि क्षेत्रसँग सम्बन्धित छन् । सम्मेलनमा प्रदेश सरकारले ७१ वटा सम्भावित परियोजनाहरू प्रदर्शनका लागि प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार उद्घाटन गरेको सम्मेलनमा विभिन्न राष्ट्रबाट आएका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । सम्मेलनमार्फत प्रदेश सरकारले निजी क्षेत्रको आकर्षण बढाउन र दीगो आर्थिक विकासतर्फ अग्रसर हुन महत्वपूर्ण कदम चालेको देखिएको बताइएको छ । 

लगानीको क्षेत्र र सूचि

project list_page-0001project list_page-0002

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार