विराटनगर । नेपाल प्रेस युनियनकी केन्द्रीय पार्षद् तथा पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य सुशीला पाठकमाथि जेठ १० गते बिहान ११ बजे समाचार संकलनका क्रममा भएको दुर्व्यवहारप्रति युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार संकलनका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले सञ्चार उपकरण खोसेर पत्रकार पाठकमाथि गरेको दुर्व्यवहारको घटनाले प्रेस स्वतन्त्रतामाथि नै प्रश्न चिह्न उठेको युनियनको कोशी प्रदेश समितिले उल्लेख गरेको छ ।
समाचारप्रति असन्तुष्टि रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सञ्चार उपकरण खोसिनु प्रेस स्वतन्त्रताविरोधी र खेदजनक कार्य भएको युनियनले जनाएको छ ।
युनियनको कोशी प्रदेश समितिका महासचिव सञ्जीव वाग्लेले विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन युनियनको कोशी प्रदेश समितिले माग गरेका छन् ।
Discussion about this post