विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा मोरङको ग्रामथान गाउँपालिका–१ का कृष्ण राजवंशी, विराटनगर महानगरपालिका–१ का ओमप्रकाश कामत र विराटनगर–३ का आदर्श चौधरी पक्राउ परेका हुन् ।
उनीहरुले विराटनगर–१९ मा रहेको ड्रिम गार्डेनमा पार्किङ गरेर राखेको को ९ प ९३४६ नम्बरको मोटरसाइकल चोरी गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहाल बताए ।
उनका अनुसार पार्किङ गरेर राखेपछि धनी पौडी खेल्न गएका बेला शनिबार साँझ मोटरसाइकल चोरी भएको हो । प्रहरीले घटनाका बारेमा साँझ ७ बजेतिर जानकारी पाएको थियो ।
त्यसलगत्तै अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित घटनामा संलग्न ३ जनालाई ड्रिम गार्डेननजिकबाटै पक्राउ गरेको दाहालले बताए ।
उनका अनुसार पक्राउ परेकाविरुद्ध चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध आइतबार अदालतबाट म्याद थप गरिएको दाहालले बताए ।
Discussion about this post