काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले बिहान कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा आज वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेस प्रदेशका धेरै भूभाग र बांकी तराईका थोरै स्थानमा भने हावाहुरीको समेत सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र मधेस प्रदेशका धेरै भूभाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीकोसमेत चल्ने महाशाखाको पूर्वानुमान छ ।
भोलि (मंगलबार) कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थान र बाँकी तराईका धेरै भू-भागहरूमा हावाहुरीको समेत सम्भावना छ।
राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थान र बाँकी तराईका धेरै भू-भागमा हावाहुरीको समेत सम्भावना छ।
बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
Discussion about this post