काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७१० जना मनोनीत गरेका हुन् ।
सातै प्रदेशका विभिन्न जिल्लाबाट सदस्यमा मनोनयन गरिएको छ ।
हालै बसेको पार्टी केन्द्रीय समिति बैठकपछि पार्टीका सबै भातृ संगठनहरुलाई सक्रिय बनाउने योजनाअनुरुप नेविसंघमा सदस्य मनोनीत गरिएको हो ।
Discussion about this post