विराटनगर । विराटनगरमा साइकलबाट लडेर भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतको अररियाका ३५ वर्षीय गोपाल मण्डलको मृत्यु भएको हो ।
साइकलमा यात्रा गरिरहेका मण्डल विराटनगर महानगरपालिका–१८ लाभाघाटमा सोमबार राति ८ः१५ बजेतिर लडेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा मंगलबार बिहान २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाएका कारण दुर्घटना हुँदा मण्डलको मृत्यु भएको खुलेको छ ।
Discussion about this post