पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा संचालित डेरीहरुमा दुग्धजन्य पदार्थहरूको मूल्य घटेको छ ।
आज असोज १६ गतेदेखि लागू हुने भएको दुग्धजन्य पदार्थहरूको मूल्य घटेको हो ।
आजदेखि लागू भएको मूल्यसूची अनुसार दुधको बिक्री मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको छ । यस अघि प्रति लिटर ९० रुपैयाँमा बिक्री भइरहेको थियो। यसैगरी, दुध ,मही र दहीमा १० रूपैयाँको दरले घटेको छ । मही ६० रूपैयाँ बाट घटेर ५० रूपैयाँ भएको छ भने १२० रुपैयाँमा बिक्री भइरहेको दहीको मूल्य अब ११० रुपैयाँ भएको छ । प्रतिकेजी ९ सय रुपैयाँमा बिक्री भैरहेको पनिरको बिक्री मूल्य ८सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, नौनी घिउको मूल्य ९५० रहेको बिहानी दुग्ध तथा कृषि सहकारी संस्थाका व्यवस्थापक नेत्र बरालले जानकारी दिए ।
दुस्धको मूल्य घटनुमा चिसो मौसम सुरू भएको र ठुला ब्यापारीले साना ब्यापारीलाई भुक्तानी गर्न नसकेको कारण स्थानीय दुस्ध डेरी संचालकहरु बताउँछन ।
Discussion about this post