झापा, चार्डपर्ब नजिकिएसंगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले झापाको अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरको अगुवाइमा इलाका प्रहरी कार्यालय अनारमनीले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
अर्जुनधारा नगरपालिका ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच यात्रु सहायता कक्ष उद्घाटन गरिएको र सो समारोहमा बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष रोहित प्रसाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय अनारमनीका प्रमुख नवराज न्यौपाने, वसपार्क व्यवस्थापन समिति अध्यक्ष धनराज योङ्हाङ्ग, लगायतको आतिथ्य रहेको थियो ।
Discussion about this post