इटहरी । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पार्किङमा राखेका सवारी साधन तोडफोड भएको छ ।
युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो ।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।
तोडफोडबाट १२ वटा गाडीमा क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले प्रदेश खबरलाई जानकारी दिएको छ । तोडफोडमा संलग्नको खोजी भएरहेको प्रहरीको भनाई छ ।
तोडफोडमा दुर्गा प्रसाईका कार्यकता र पहीचानवादी समुह रहेको बताइएको छ ।
Discussion about this post