झापा । प्रहरीले नक्कली नेपाली नोट सहित झापामा ६ जना भारतीय नागरिक पक्राउलाई पक्राउ गरेको छ ।
झापा गाउँपालिका–१ सितुमारीबाट नेपाली नक्कली नोट न सहित ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारत किसनगंज थानाका २४ बर्षीय अन्जर आलम, दीघलबैंक मंगोराका १९ बर्षीय अजरत अली, १८ बर्षीय महबुल हक, पूर्णियाथानाका १९ बर्षीय परवेज आलम, २२ बर्षीय साकिब आलम र २० बर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजलले जानकारी दिए ।
भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट १ हजार दरको ३ थान नेपाली नक्कली नोट बरामद भएको थियो ।
नक्कली नोट फेला परेसंगै अन्य ५ जनाको समेत संग्लग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरुलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post