झापा । हात्तीको दाह्रासहित दुई जनालाई प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।
अर्जुनधारा ७ जरुवा टोल निवासी ४७ वर्षीय तिखवहादुर विश्वकर्मा र सोही ठाउँका ५० वर्षीय सावा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
सात इञ्च लम्वाई , १२ इञ्च गोलाई भएको एक केजी ७९० ग्रामको दाह्रा सहित उनीहरुलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
जरुवा टोल निवासी विश्वकर्माको घरमा हात्तीको दाह्रा लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट गएको प्रहरीको टोलीले छापा मारोको बताइएको छ । सो क्रममा विश्वकर्माको किराना पसलमा हात्तीको दाह्रा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रवार विहान २ः३० बजेको समयमा विश्वकर्माको छापा मारेको थियो । सो क्रममा हात्तीको दाह्रा सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनी ल्याएको र उनीहरुलाई जिल्ला वन कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
प्रहरी चौकी शनिश्चरेमा कुमार खड्काले नेतृत्व सम्हालेसंगै अबैध चौरी तस्करी नियन्त्रण, लागू औषध नियन्त्रण तथा अन्य आपराधिक गतिविधिका घटनामा न्यूनीकरण भएको बताइएको छ ।
Discussion about this post