काठमाण्डौ : अस्पताल भर्ना भएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगन्जको बाँसबारीमा रहेको शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आइतबार डिस्चार्ज भएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मङ्सिर १९ गते अस्पताल भर्ना भएका थिए । मन्त्री श्रेष्ठको मुटुको एन्जियोप्लास्ट गरिएको थियो ।
मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा। अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।
मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।
Discussion about this post