इलाम: प्रदेश संसद् तथा पूर्व मन्त्री रामबहादुर राना मगरले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए ।
संसद् रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अभिलेखीकरणको स्थिति विषयक छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए ।
‘पहिचानवादीको आन्दोलनलाई सङ्केत गर्दै संसद् रानाले विमति शान्तिपूर्ण र संवैधानिक हुनुपर्ने बताए ।
रानाले अधिकार प्रयोग गर्दा कानुनी प्रक्रिया समेत पुरा गर्नुपर्ने जोड दिँदै, प्रदेशको नाम वैधानिक रूपमा फेर्न सकिने बताउँदै, नाममा विमति हुँनेलाई वैधानिक बाटो अङ्गाल्न आग्रह समेत गरे ।
जातको विभिन्न विषयमा सम्बोधन भएको जानकारी गराउँदै सामूहिक आक्रमण छानी छानी किन हुन्छ भनेर प्रश्न गर्दै सबै खालका पहिचान समेट्न प्रदेशको नाम कोसी आएको बताए ।
मानव अधिकारको सवालको विषयमा संसद् रानाले अहिले शिक्षा, स्वथे र न्याय खर्चिलो बन्दै गएको बताए । उनले भने महंङ्गीकै कारण नागरिक समस्यामा परेको बताए । यस विषयमा महंङ्गी नियन्त्रण गर्न आवश्यक रहेको भन्दै उनले स्वास्थ्यकर विषयमा विभिन्न सुविधा रहेको बताए । तर आम नागरिकमा सेवा पुग्न नसकेको उनको भनाई छ ।
आम नागरिकमा आर्थिक जीवनस्तर सुधारका कार्यक्रम आवश्यक रहेको भन्दै, विकासका पूर्वाधार समेत समय सीमामा सकिनु पर्नेमा जोड दिए ।
मानव अधिकार मञ्च वर्ष पुरस्कार लम्जेललाई
मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको मानव अधिकार वर्ष पुरस्कार २०८० ले धनकुटाका पत्रकार हरिबहादुर लम्जेल पुरस्कृत भएका छन् ।
लम्जेललाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार नगद १० हजार, प्रमाण पत्र सहित पुरस्कृत गरिएको हो ।
धनकुटा नगरपालिका वडा नम्बर ७ निवासी लम्जेल अन्नपूर्ण राष्ट्रिय दैनिक र एपीवान टेलिभिजनका सम्वाददाता हुन ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद् रामबहादुर राना मगरले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रत्येक वर्ष मानव अधिकारको क्षेत्रमा कलम चलाउने एक सञ्चारकर्मीलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन पुरस्कार दिँदै आएको मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले जानकारी दिए ।
Discussion about this post