वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरा धाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु एव कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहन सरण देवाचार्य बिच छलफल भएको छ ।
चैत्र २७ गते चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना , विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा,प्रचारप्रसार,सरसफाइ,खानेपानी लगाए प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि सहजीकरण गर्न विषयमा आइतबार छलफल भएको हो ।
जगतगुरु पीठ चतरा धाममा भएको छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल,वडा नं १ का अध्यक्ष किसन मगर ,इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना,सशस्त्र प्रहरी वेश क्याम्प चतरा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले ,राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानका महासचिव प्रह्लाद भट्टराई समेतको उपस्थितिमा छलफल भएको थियो ।
पूर्ण महाकुम्भ मेला महोत्सवलाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि आग्रह गर्ने बताए ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसारै चतरा धाममा कुम्भ मेलाको सुरुवात गरिएको जगतगुरु वालसन्त मोहनशरण बत्ताउँछन् । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ जहाँ अमृत खस्यो खस्यो त्यहाँ त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ ।
नेपालको चतरा धाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ ।
नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतरा धाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।
चतरा धाममा २०६३र६४ मा दोस्रो कुम्भ, २०७०र०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५र०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।
Discussion about this post