बेलबारी / प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरूद्वारा प्रधानमन्त्री प्रचण्ड सँग भेटवार्ता गरेका छन्।
गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोसी प्रदेश प्रहरी अस्पताल मङ्सिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगिएपछी स्थानीय आन्दोलित बनेका छन् ।
रातारात इनरुवामा सारिएपछि उक्त प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार सङ्घीय राजधानी काठमाडौँ पुगेका मोरङका राजनीतिक दलका नेता सँगै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू पनि प्रधानमन्त्री समक्ष पुगेका छन् ।
टोलीमा बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर नितु तथा कोइराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू, गिता तिम्सिना,नेपाली काँग्रेस बेलबारीका सभापति छत्र लिम्बू रहेका छन ।
यस्तै नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्री कुमार काफ्ले,तिलक प्रसाद राई,नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, काँग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमै स्थापित गराउन माग गरेका छन् ।
भेटवार्ता सकारात्मक र उपलब्धि मूलक बनेको नेपाली काँग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए । प्रधानमन्त्री ज्यु सकारात्मक हुनुभएको छ त्यसैले पनि हामी ढुक्क छौँ सभापति छत्र लिम्बूले बताए ।
Discussion about this post