निशा राई
धरान । धरान सहर स्थापना भएको १२३ औँ अवसरमा वृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।
बिहीबार ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसाँस्कृतिक, आवासीय समृद्ध सहर’ भन्ने नारा सहित धरान स्थापना भएको १२३ औँ अवसरमा उपमहानगरपालिकाको आयोजनामा हिमालय पेट्रोल पम्प भोटेपुल देखी तीनकुनेसम्म वृहत् सरसफाइ अभियान गरिएको हो ।
सरसफाइ भन्ने बित्तिकै वातावरण सँग जोडिने र मानिस वातावरणको एक हिस्सा भएकोले स्वास्थ्यको लागी सरसफाइ गर्न जरुरी रहेको नगर प्रमुख हर्कराज राईले बताए । अरूको आशा नगरी सकेको आफैँ गर्ने र सरसफाइ स्वास्थ्यसङ जोडिएकोले घर वरपर भएको फोहोर मैलालाई व्यवस्थित गरे गाउँ ठाउँ सफा हुने र सरसफाइ भएपछीे धरानमा पर्यटकहरू पनि बढ्ने मेयर राईले बताए ।
फोहोर मैलामा ७५ प्रतिशत भोला, गुट्खा लगायत सुर्तीजन्य पदार्थको रहेकोले यसलाई रोक्नु पर्ने धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघाले बताए । यसले स्वास्थ्य सँगसँगै वातावरणलाई पनि असर गर्ने हुँदा यसलाई कानुन निर्माण गरेर प्रतिबन्ध लगाउनुपर्ने उनले बताए ।
उक्त वृहत् सरसफाइ अभियानमा नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू लगायत कार्यपालिका सदस्यहरू, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगर प्रहरी, टोल विकास संस्था र विभिन्न सामाजिक संस्थाहरूको पनि सहभागिता रहेको थियो ।
Discussion about this post