पाँचथर / ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरेको छ ।
साहित्यकार, राजनीतिज्ञ एवम् समाजसेवी स्व।अमरकुमार नेम्बाङको नाममा स्थापित संस्थाले सो पुरस्कार शुक्रवार पाँचथर सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रम बिच सम्मान गरेको हो । अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसर पारेर सम्मान गरेको हो ।
पुरस्कृत दुवै स्रष्टा पत्रकार समेत हुन् । तुम्खेवा सञ्चारीका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष हुन् । उनीहरूलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो । पुरस्कृत स्रष्टा द्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे ।
अमर नेम्वाङ लिम्बु स्मृति छात्रवृत्ति समेत वितरण गरिएको छ ।
ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले । छात्रवृत्तिको रकम नगद १० हजार रुपैयाँ प्रदान गरेको छ । त्यसै गरी प्रतिष्ठानले पाँचथरका आगलागी र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ । आगलागीमा ज्यान गुमाएका हिलिहाङ -७ का सेसे पन्दाक, फिदिम-५ का सनिप खाती, फाल्गुननन्द-१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ-७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ ।
यस्तै गत असार २ गते गएको बाढी पहिरोमा ज्यान गुमाएका हिलिहाङ – ७ का तिलकुमार तामाङ, आशिष् माझी र एलिसा माझी सँगै फालेलुङ-४ की जुना सानदेव, फिदिम -१० का सन्जोग लोवा र फिदिम-५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याकथुङ लेखक सङ्घले गरेको थियो ।
अमरकुमार नेम्वाङको फाल्गुननन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो ।
Discussion about this post